
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र पुगेर श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले पक्रेको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो ।
अवलोकन गर्न पुगेका रुकुमका खीमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए । सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij