
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा स्वास्थ्य परिक्षण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालकसहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त आयोजनामा “महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बालबालिका सम्बन्धी रोगहरु र ट्राफिक प्रहरी कर्मचारीहरुको छातीको रोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम” अन्तर्गत उक्त परीक्षण गरिएको हो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा लगायत संघका पदाधिकारीहरु, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij