काठमाडौं । भुकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजे बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४.२ रेक्टर स्केलको यो भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ ।