
Jun 26 2025 | २०८२, असार १२ गते
विराटनगर । ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगराज खतिवडा र ईलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर आरआईटी शाखामा कार्यरत प्रहरी नायब निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।
आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इन्स्पेक्टर खतिवडा र सई खड्कालाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij