
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवीबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । जनसेवाश्री पदवी पाउने सूचीमा परेका पत्रकार महर्जनले २०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गर्नुभएको थियो ।
महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अमूर्त संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पु¥याउँदै आउनुभएको छ । हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादक समेत रहनुभएका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दै आउनुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij