Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ललितपुरमा नयाँ सिडिओको 'छड्के भ्रमण'

ललितपुरमा नयाँ सिडिओको 'छड्के भ्रमण'

  • ललितपुरको सिडिओमा काज सरुवा भएका घनश्याम उपाध्यायले ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिए ।

    images
    images
    images

    ललितपुर । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा भएका घनश्याम उपाध्यायले सोमबारबाट कुर्सी सम्हाल्ने भएका छन् । प्रजिअ उपाध्यायले आज जिल्ला प्रशासन कार्यालय पुगेर अवलोकन गरेका छन् ।

    images

    ललितपुरमा नयाँ सरुवा भएका प्रजिअ उपाध्यायको यो अवलोकनलाई कर्मचारीहरुले 'छड्के भ्रमण' को रुपमा लिएका छन् । गृह मन्त्रालयबाट दिउँसो १ बजेर ४० मिनेटमा जिल्ला प्रशासन कार्यालय प्रवेश गरेका उपाध्याय ३ बजेर ४५ मिनेटतिर बाहिरिएका थिए । सिडिओ उपाध्यायले गृह मन्त्रालय सरुवा भएका ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिए ।

    साथै, प्रशासनका वरिष्ठ कर्मचारीहरुसँग अनौपचारिक परिचयसमेत गरे । प्रजिअ उपाध्यायले औपचारिक जिम्मेवारी भने सोमबारदेखि शुरु गरिने बताइएको छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij