
Jun 26 2025 | २०८२, असार १२ गते
प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले भने, 'संजालमा भिडियो, अडियोमार्फत तपाईँलाई यति रकमको चिठ्ठा परेको र विभिन्न सामानहरु पार्सल गरी पठाएको छु भनेर भ्रम झुठको खेती गरेको पाइयो ।'
ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले चिठ्ठाको लोभमा नफस्न अनुरोध गरेको छ । ठगीबाट आफू बच्न र अरुलाई बचाउन सन्देशमूलक अभियानमा परिसरले सक्रियता देखाएको हो । विगत केही समयदेखि केही व्यक्ति तथा अपराधिक समुहले विदेशी नम्बरबाट प्रविधिको दुरुपयोग गरेर सामाजिक संजालमा भ्रम फैलाएको हो ।
'संजालमा भिडियो, अडियोमार्फत तपाईँलाई यति रकमको चिठ्ठा परेको र विभिन्न सामानहरु पार्सल गरी पठाएको छु भनेर भ्रम झुठको खेती गरेको पाइयो ।' प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले भने, 'चिठ्ठा, पार्सल ल्याउन पैसा जम्मा गरिदिनुस् भनेर ढाँटेको पाइएको छ ।'
परिसरले विदेशको नम्बरबाट फोन आएमा यस्ता भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्क हुन समेत अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij