Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ढुक्क ढुण्डिराजको एकाएक सरुवा

ढुक्क ढुण्डिराजको एकाएक सरुवा

  • दिउँसो पाँचबजेसम्म बिशेष छलफलमा व्यस्त बनेका ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यसँग पुल्चोक फल्चाको सम्बन्धमा निर्णय खोज्दै थिए । 

    images
    images
    images

    ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका ढुण्डिराज निरौलाको गृह मन्त्रालय काज सरुवा भएको छ । निरौलाको समयावधि करिब आठ महिना १२ दिनमात्रै पुगेको थियो ।

    images

    निरौलाले जाँदाजाँदै सार्वजनिकरुपमै लेखेका छन्, ‘ललितपुुर प्रमुख जिल्ला अधिकारीक‍‍ो जिम्मेवारीपश्चात् गृह मन्त्रालय फिर्ता । गत आर्थिक वर्ष निकै पछि रहेको ललितपुर जिल्लालाई य‍ो  पटक द्वितियमा पु¥याउन सक्दाक‍ो खुशीले बाँकी कुरा ओझेलमा ।’

    यसो त, प्रजिअ निरौलाले सरुवाको पत्र प्राप्त नहुँदासम्म ढुक्कै थिए । बुधबारकै दिन निरौलाको सरुवा भएको हो । सोहीदिन दिउँसो पाँचबजेसम्म बिशेष छलफलमा व्यस्त बनेका निरौलाले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यसँग पुल्चोक फल्चाको सम्बन्धमा निर्णय खोज्दै थिए । 

    निरौलाले ललितपुरमा प्रजिअ भएदेखि नै केही नयाँ शैलीको काम कारवाहीको विकास गर्न खोजेका थिए । कामको सिलसिलामै व्यस्त रहँदा उनको सरुवा नहुनेमा ढुक्क नै थिए । किनकी उनले ललितपुरको समिक्षा पेश गर्दा र मन्त्रालयसँगको सम्बन्धले पनि ललितपुरलाई चलाउँदैन भन्ने सम्बन्धमा विश्वस्त थिए । तर बुधबार एक्कासी सरुवा भएको खबरले निरौलाले खुशी देखिएका थिएनन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij