
Jun 26 2025 | २०८२, असार १२ गते
गस्तीमा निस्किएका प्रहरी जवान डिकबहादुर कार्कीले भेट्टाएको पैसा फिर्ता दिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए ।
खोटाङ । प्रहरीको गस्ती टोलीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । गस्ती गर्नेक्रममा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीबाट खटिएको प्रहरी टोलीले फेला पारेको नगद सम्बन्धित व्यक्ति उचितबहादुर राईलाई फिर्ता गरेको हो । गस्तीमा निस्किएका प्रहरी जवान डिकबहादुर कार्कीले भेट्टाएको पैसा केही समयपछि सम्बन्धित व्यक्तिलाई खोजेर फिर्ता दिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij