Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

राष्ट्रिय जनगणनामा तेस्रो लिंगीलाई पहिचान खुलाउन आग्रह

राष्ट्रिय जनगणनामा तेस्रो लिंगीलाई पहिचान खुलाउन आग्रह

  • २०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगीका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिने भएको छ । 

    images
    images
    images

    ईश्वर थापा 

    images

    धनकुटा । देशभर बुधबारदेखि राष्ट्रिय जनगणना सुरू हुँदै छ । जनगणनाका लागि घरघरमा सुपरीवेक्षक खटिँदै छन् । जनगणनाको कार्यक्रम सुरू हुँदै गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकको गणनाका लागि ‘जनगणना विधि’ अवलम्बन गरिने भएको छ । 

    केन्द्रीय तथ्यांक विभागले २०६८ सालको जनगणनामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गर्दा सोही विधि अपनाएको थियो । तर, उनीहरूको जनसंख्या आशा गरेभन्दा निकै कम आएपछि यसपटक के विधि हुने भन्नेमा अन्योल थियो । 

    २०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगीका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिने भएको छ । 

    images

    विभागले तेस्रोलिंगी शब्दले तेस्रोलिंगी अर्थात् ट्रान्सजेन्डर र अन्तरलिंगी अर्थात् इन्टरसेक्सलाई मात्र बुझिने भएकाले सबै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेट्न यस्तो परिवर्तन गर्न लागिएको हो । राष्ट्रिय जनगणना सुरु हुन लागेसँगै निलहिरा समाज (ब्लू डायमन्ड सोसाइटी) ले फारममा उल्लेख गरेको महिला, पुरुष र अन्य लिंगीमा सम्पूर्ण समुदायको विवरण चढाउन अनुरोध गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij