
Jun 26 2025 | २०८२, असार १२ गते
तनहुँको शुक्लागण्डकीस्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी युवतीको अवस्था अझै अज्ञात छ । वडा नं. ४ र ८ को सीमामा रहेको रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा शुक्लागण्डकी वडा नं. ८ की १९ वर्षिया पवित्रा लम्साल खसेर बेपत्ता भइन् ।
तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । घटना मंगलबार दिउँसो २ बजेतिरको हो । पक्की पुल र झोलुङ्गे पुलकोबीचबाट ती युवत्ती खसेर बेपत्ता भएको प्रहरीको भनाई छ ।
पवित्रा नदीमा पसेको भिडियो पनि सार्वजनिक भएको छ । सेती खोचमा पसिरहँदा साथीहरु चिच्याई चिच्याई तल नजान रोकिरहेका छन् । ‘कस्तो हो के तिमी‘ पवित्रा‘ लान्छ के ओई‘’ भनेको स्पष्ट सुनिएको छ । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेपनि फेला पार्न नसकिएको र बुधबार बिहानैदेखि पुनः खोजी कार्य गरिने प्रहरीले जनाएको छ । भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
(मुहार प्रष्ट देखिने र युवती समेत बोलेको दोस्रो भिडियो प्रकाशन/प्रसारण गर्न नमिल्ने भएकाले यहाँ संलग्न गरेका छैनौं । जुन भिडियोमा अञ्जानले भन्दा पनि जानाजान सेतीमा हेलिएको भान हुन्छ । यद्यपी प्रहरीले यस सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।)
अर्जुन थापाको सहयोगमा
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij