
Jun 26 2025 | २०८२, असार १२ गते
टिकटक बनाउन सेती नदीतर्फ जाँदै गरेकी शुक्लागण्डकी नगरपालिकाकी पवित्रा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको भिडियोमा सुनिन्छ ।
तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका- ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनीसहित दुई जना साथी पनि थिए ।
लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij