
Jun 26 2025 | २०८२, असार १२ गते
प्रहरी मुख्यालयले सोमबार मात्रै मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी बिनोद घिमिरेलाई खटाउने निर्णय गरेको हो ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) बिनोद घिमिरेलाई दिएको छ । यसअगाडि रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछि प्रहरी मुख्यालयले उनलाई कारवाहीस्वरुप फिर्ता गरेको थियो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखमा खटाउने निर्णय गरेका हुन् । शाह तानिएपछि रौतहट प्रहरी प्रमुखको कमाण्ड डीएसपी नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए । प्रहरी मुख्यालयले सोमबार मात्रै मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij