
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीकी आमा रमादेवी जोशीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुर । समाजसेवी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलाई मातृशोक परेको छ । उहाँकी आमा रमादेवी जोशीको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
स्वर्गीय जोशी उच्चरक्त चाप र मधुमेहले गर्दा सामान्य बिरामी हुनुहुन्थ्यो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका कान्छो छोरा अमरेश जोशीले दागबती दिनुभएको थियो । स्वर्गीय जोशीका पति अमरमान जोशी र छोेरा अजरमान जोशी, अरुमान जोशी गरी तीन छोरा रहेका छन् ।
उहाँलाई मातृशोक परेको स्थितिमा विभिन्न संघसंस्थाले स्वर्गीय जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij