
Jun 26 2025 | २०८२, असार १२ गते
सवारी अनुमति नलिएका तामाङले सवारी दर्ता किताबभित्र एक हजार राखेर दिएपछि पक्राउ गरिएको हो ।
काठमाडौं । सानेपाबाट बल्खु आउँदै गरेको मोटर साइकल चालक ट्राफिक प्रहरीको फन्दामा परेको छ । साँखुका निसान तामाङले चेकजाँचको क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रहरीले पक्रेको हो ।
ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक मिलन सिंहको कमान्डमा ट्राफिक चेकजाँच भइरहँदा तामाङलाई पक्राउ गरिएको बताइएको छ । सवारी अनुमति नलिएका तामाङले सवारी दर्ता किताबभित्र एक हजार राखेर दिएपछि पक्राउमा परेको र तामाङलाई प्रहरी वृत्त कालिमाटी लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij