
Jun 26 2025 | २०८२, असार १२ गते
सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए ।
सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डका आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेका छन् । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । घटनामा संलग्न भएको आरोपमा लोकबहादुर कार्की पक्राउमा परेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् ।
ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी हत्या प्रकरण र बझाङमा भएको सम्झना विकको हत्या अनुसन्धानमा पनि सिआईबीले नै अनुसन्धान गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij