Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

लोकसेवामा लाख खानेको कठालोमा प्रहरीको हात

लोकसेवामा लाख खानेको कठालोमा प्रहरीको हात

  • सुनसरी । लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महोत्तरी पशुपतिनगर बस्ने कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले लामिछाने बसेको घरको कोठाबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रबरको छाप १ थान, गोप्य लेखेको रबरको छाप १ थानसमेत फेला पारेको छ ।

    images

    त्यस्तै नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रबरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रबरको छाप १ थान, उपसचिव लेखेको रबरको छाप १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम्प छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थानलगायत सम्बन्धित विभिन्न कागजातहरु बरामद गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

    ठगी गर्ने लामिछानेलाई सरकारी छाप दस्तखत कीर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij