
Jun 26 2025 | २०८२, असार १२ गते
‘श्री पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरीमा कुनैपनि किसिमको अनियमितता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ ।' कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । श्री पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरीमा कुनै अनियमितता नभएको पशुपति विकास कोषले जनाएको छ । नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरुको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
‘यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनैपनि किसिमको अनियमितता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ ।' कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
श्री पशुपतिनाथमा रहेको शिवलिंगको जलहरीको सम्बन्धमा परेको उजुरीबारेमा अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij