
Jun 26 2025 | २०८२, असार १२ गते
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले आत्महत्या दुरुसाहनको मुद्धा दर्ता गरिएको बताए । उनले उनका श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताए ।
बुटवल । रुपन्देहीमा एउटी चेलीको निकै रहस्यमय मृत्यु घटना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा घर भएकी सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ । टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको घटना माइतीजनले बाहिर ल्याएका हुन् ।
तीजसमेत मानेर घर फर्किने गरि भदौ ६ गते माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे । उनी घर फर्किइन् । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्को दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो । उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबुआमा बेहोस भई ढले ।
माइतीजनका अनुसार सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको र भुँईमा लडेको अवस्थामा भदौ २० गते विहान मृत फेला परेकी थिईन् । मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले सीताको हत्या योजनाबद्ध गरिएको भन्दै न्यायको खोजीमा छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले आत्महत्या दुरुसाहनको मुद्धा दर्ता गरिएको बताए । उनले उनका श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij