
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।
इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । बाँकी आठ वटा फर्म एक वर्षका लागि कालोसूचीमा परेका छन् । कालोस्ूचीमा पर्ने निर्माण कम्पनीहरुमा लर्ड शिवा जनरल सप्लायर्स, जिकेररेहान एण्ड सुन्दरा जेभी, नेपाल आर्किटेड एन्ड बिल्डर्स प्रालि, फ्रेन्डस अर्विट कन्स्ट्रक्सन, जलदेवी निर्माण सेवा, भंगेरी निर्माण सेवा, न्यू बेलासपुर कन्स्ट्रक्सन र साथीभाई निर्माण सेवा एकवर्षका लागि कालोसूचीमा परेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij