
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले विभिन्न सामान चोरी गर्ने १० जनालाई पक्राउ गरेको छ । ल्यापटप, मोबाइल चोरीमा संलग्न ४ जना र सुन, नगद चोरी गर्ने ६ जनालाई पक्राउ गरिएको सातदोबाटो वृत्तका प्रमुख, डीएसपी दिनेश घिमिरेले बताए ।
आरोपीहरुको साथबाट प्रहरीले डेल कम्पनीको आई–५ ल्यापटप, सामसुङ, कलर्स, ओप्पो, आइफोन र एमआई कम्पनीका मोबाइल बरामद गरेको छ । आफ्नो ल्यापटप हराएको भएमा सातदोबाटोस्थित प्रहरी वृत्तमा सम्पर्क गर्न पनि डिएसपी घिमिरेले आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij