Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

प्रहरीको पीडामा एसपी बोगटीको मलम

प्रहरीको पीडामा एसपी बोगटीको मलम

  • प्रहरी हवल्दार अस्मित पोख्रेलको कोरोना संक्रमणको कारण निधन भएपछि स्याङ्जामा कार्यरत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीसहित प्रहरी कर्मचारीहरुले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

    images
    images
    images

    काठमाडौं । कोरोनाबाट निधन हवल्दारको परिवारलाई स्याङ्जाका प्रहरी मिलेर आर्थिक सहयोग गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार अस्मित पोख्रेलको कोरोना संक्रमणको कारण निधन भएपछि स्याङ्जामा कार्यरत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीसहित प्रहरी कर्मचारीहरुले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

    images

    पोख्रेलको परिवार बस्दै आएको डेरामा पुगी पूर्व प्रहरीहरुको उपस्थितमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । स्वर्गीय पोख्रेलका ५ वर्षीय र १० वर्षीय दुई बालबच्चाको शिक्षालाई सहयोग हुने गरी चार लाख एक हजार एक सय एघार रुपैँया हस्तान्तरण गरिएको हो । 

    स्याङ्जाको रत्नपुर प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार अस्मित पोख्रेलको प्रहरी अस्पताल काठमाडौँमा उपचारको क्रममा गत श्रावण २५ गते निधन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij