
Jun 26 2025 | २०८२, असार १२ गते
करिब पाँच दर्जन कैदीबन्दीहरुले कारागारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षा सतर्कता बढाइएको छ ।
ललितपुर । ललितपुर नख्खु कारागारमा रहेका कैदीबन्दीहरुले नाराबाजी गरेका छन् । उनीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका हुन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारागारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षा सतर्कता बढाइएको छ । सम्भावित झडपको खबर पाएपछि तत्कालै प्रहरी परिसर ललितपुरको टोली नख्खु कारागारमा 'मुभ' भयो ।
चौकीदारले रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन समेत दिएका छन् ।
प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको मागसमेत राखेका छन् । विशाल विष्ट नख्खु कारागार मुख्य नाइके हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij