
Jun 26 2025 | २०८२, असार १२ गते
युवकको मोबाइलमा प्रहरी बनाइदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
धनगढी । कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् । उनले आफ्नो प्रहरी उच्च अधिकारीसँग सम्बन्ध रहेको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै एक युवकबाट ६० हजार असुली गरेको प्रहरीको दावी छ ।
प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा आउने बेला ती युवकले पैसा नदिए फेल गराइदिने भन्दै धम्की दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पैसा असुली गरेको जानकारी पाएपछि प्रहरीले सिंहलाई पक्राउ गरेको हो । युवकको मोबाइलमा प्रहरी बनाइदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको प्रहरीको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij