
Jun 26 2025 | २०८२, असार १२ गते
खिचापोखरीस्थित पिपुल्स प्लाजा अगाडि प्रहरी गस्ती टोलीमाथि भएको दुर्व्यवहारपछि प्रहरीले त्यसमा संलग्नहरूको पहिचान गरेर पक्राउ गर्ने तयारी गरेको हो ।
काठमाडौं । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको गस्ती टोलीको प्रहरीमाथि एक समूहले दुर्व्यवहार गरेको छ । प्रहरीमाथि मुक्का हानेको र कठालो तान्न खोजेको भिडियो भाइरल भएपछि यो घटना सार्वजनिक भएको हो ।
खिचापोखरीस्थित पिपुल्स प्लाजा अगाडि भएको दुर्व्यवहारपछि प्रहरीले त्यसमा संलग्नहरूको पहिचान गरेर पक्राउ गर्ने तयारी गरेको हो । प्रहरीमाथि बाँकेको कोहलपुरका कमल शाहीले हातपात गरेको काठमाडौं प्रहरी परिसरले दावी गरेको छ । उक्त घटनामा बाँकेका विमल चन्द र प्रविण गिरीको पनि संलग्नता देखिएको र प्रहरीमाथि हातपात गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याएरै छोड्ने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij