
Jun 26 2025 | २०८२, असार १२ गते
ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।
ओखलढुंगा । सिद्धिचरण नगरपालिकाकी एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् । ४० बर्षीया मिना कुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् । ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । उनका नाबालक दुई छोरी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij