
Jun 26 2025 | २०८२, असार १२ गते
शितगंगा नगरपालिकाका जनस्वास्थ्य प्रमुख नमनारायण बेल्बासेले रुपन्देही नयाँ गाउँनिवासी केही व्यक्तिलाई स्वास्थ्य कार्यालयमै बोलाएर खोप लगाइदिएका हुन् ।
अर्घाखाँची । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोनाभाइरस (कोभिड) विरुद्धको खोपको दुरुपयोग बढेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफु खुशी खोप लगाउन निर्देशन दिने गरेका छन् । पहिलो डोज लगाएर लामो समयसम्म दोस्रो नपाएकाहरुलाई समेत खोपको व्यवस्थापनमा ढिलाइ गरिएको थियो ।
नारायणसिंह बेल्बासेले पहिलो खोप पहिलो चरणमै लगाएका थिए । तर, उनीसँग लगाएका अन्यले दोस्रो डोज लगाइसक्दा नारायणसिंहले भने दोस्रो डोज पाएका छैनन् । खोप आएको बेला अस्पतालमा पुग्दा लक्षित समूहभन्दा बाहिरका धेरैलाई बोलाउँदै खोप लगाइदिए पनि आफूलाई नलगाइदिएको उनको गुनासो छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत बेल्बासेले रुपन्देही नयाँ गाउँनिवासी केही व्यक्तिलाई स्वास्थ्य कार्यालयमै बोलाएर खोप लगाइदिएका हुन् । खोप लगाउनका रुपन्देहीबाट गाडी रिर्जभ गरेर आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij