
Jun 26 2025 | २०८२, असार १२ गते
घरजग्गा, सम्पत्तिलगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुगेको हो ।
काठमाडौं । महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा पञ्चेबाजा अभियान सुरु गरेको छ । घरजग्गा, सम्पत्तिलगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुगेको हो ।
महानगरले २–३ वर्षदेखि २८ वर्षसम्मको घरजग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको छ । यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी रहेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij