
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेको हुँ ।’
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन ।
शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाएका हुन् । मेयर शाक्यले भने, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रम देउवालाई पत्र लेखेको हुँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij