
Jun 26 2025 | २०८२, असार १२ गते
जिल्ला प्रहरी कार्यालय इलामले १२ बर्ष अघि आफ्नै सालो युवराज राईको हत्या गरी फरार रहेका रत्न बहादुर राईलाई पक्राउ गरेको छ ।
इलाम । जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न मितिमा विभिन्न अपराधगरि कानुनी दायरमा नआएका फरार अभियुक्तहरुको खोजतलास अभियानलाई तिव्रता दिएको छ । यसै क्रममा १२ बर्ष अघि चमैतास्थित धाराडाँडामा बस्ने आफ्नै सालो युवराज राईको हत्या गरी फरार रहेका रत्न बहादुर राईलाई पक्राउ गरेको छ ।
इलामबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुर प्रहरीसँगको समन्वयमा राईलाई भक्तपुरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई इलाम लगिएको छ । इलाम जिल्ला अदालतबाट कर्तब्य ज्यान शिर्षकमा म्याद थप गरी अनुसन्धान भईरहेको इलाम प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij