
Jun 26 2025 | २०८२, असार १२ गते
अफगानिस्तानमा पोलियो संक्रमण फैलिएकाले उद्धार गरेर ल्याइएका नेपालीलाई पोलियो खोप लगाउन लागिएको हो ।
काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पोलियो खोप दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले अफगानिस्तानबाट उद्धार गरी ल्याइएका सबैलाई पोलियो खोप दिने निर्णय गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
अफगानिस्तानमा पोलियो संक्रमण फैलिएकाले उनीहरुलाई पोलियो खोप लगाउन लागिएको हो । सरकारले नजिकको खोप केन्द्रबाट पोलियो खोप लगाउन उनीहरुलाई आग्रह पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij