Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

ड्राइभिङ लाइसेन्सको साइत कहिले खुल्छ ?

ड्राइभिङ लाइसेन्सको साइत कहिले खुल्छ ?

  • यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले संक्रमण बढ्न थालेपछि विभाग अहिले नै परीक्षा खुलाउनेबाट पछि हटेको छ ।

    images
    images
    images

     

    images

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।

    सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् । यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ ।

    पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसअघि साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षा खुलाउने तयारी गरेका थिए । तर, संक्रमण बढ्न थालेपछि विभाग अहिले नै परीक्षा खुलाउनेबाट पछि हटेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij