Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

नेपालमा कोरोना संक्रमित निको हुने दर ९७ प्रतिशत भन्दा बढी

नेपालमा कोरोना संक्रमित निको हुने दर ९७ प्रतिशत भन्दा बढी

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुनेको कूल संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेसँगै नेपालमा निको हुनेको दर ९७ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ। 

    images
    images
    images

    बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ७७६ सहित कूल संक्रमितको संख्या २ लाख ५१ हजार ६०० पुगेको छ ।

    images

    मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९,५८० जनामा सक्रिय सङ्क्रमण छ। मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,७४९ सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij