Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कोपा अमेरिकामा पाराग्वेको पूनरागमन जित

कोपा अमेरिकामा पाराग्वेको पूनरागमन जित

  • काठमाडौं । कोपा अमेरिका अन्तर्गत भएको खेलमा पाराग्वेले पूनरागमन जित निकालेको छ । 

    images
    images
    images

    निकै रोमान्चक बनेको उक्त खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलको १०औं मिनेटमा बोलिभियाका इर्भिन साभेड्राले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि बोलिभिया १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ६२औं मिनेटमा पाराग्वेका एलेसान्द्रो रोमेरोले गोल गरी टिमलाई बराबरीमा ल्याए । 

    त्यसपछि खेलको ६६औं मिनेटमा एन्जेल रोमेरोले गोल गरी पाराग्वेलाई अग्रता दिलाए । त्यसपछि खेलको ८०औं मिनेटमा एन्जेल रोमेरोले अर्को गोल गरी पाराग्वेलाई पूनरागमन जित दिलाए । जितसँगै समूह ‘ए’ मा रहेको पाराग्वे ३ अंकसहित शीर्षस्थानमा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij