
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली लेगस्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछाने टी–२० ब्लास्ट खेल्न गुमाउने भएका छन् ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलो भएकाले उनी इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको खेलमा सहभागी हुन नपाउने भएका हुन् ।
खेल आगामी हप्ता सुरु हुँदैछ । उक्त खेल सन्दिपले गुमाउने भएका हुन् । टी–ट्वान्टी ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरेका उनले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका कारण खेल्न नपाउने भएका हुन् । टी–ट्वान्टी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij