Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पिएसजीलाई पछि पार्दै लिलले जित्यो फ्रान्सेली लिगको उपाधि

पिएसजीलाई पछि पार्दै लिलले जित्यो फ्रान्सेली लिगको उपाधि

  • काठमाडौं । लिलले फ्रान्सेली लिगको उपाधि हात पारेको छ । गए राति भएको खेलमा एन्जर्सलाई पराजित गर्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको हो । जितसँगै लिलले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पछि पारेको हो । 

    images
    images
    images

    उक्त खेलमा लिलले एन्जर्सलाई २-१ गोलको पराजित गरेको हो । उक्त खेलको दशौं मिनेटमा लिलका जोनाथन डेविडको गोल गरी अग्रता दिलाए । 

    त्यसपछि पहिलो हाफको अन्तिम समयमा लिलका बुराक यिल्माजले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको अन्तिम समयमा एन्जर्सका एन्जेलो फुगीलिनीले गोल गरे । 

    पिएसजीले ब्रेस्टलाई २-० गोलले पराजित गरेपनि लिलले पिएसजीलाई १ अंकले पछि पारेको हो । गए रातिको खेलमा लिलले लिगको ३८ खेलमा ८३ अंक जोडेको छ । भने पिएसजीले ८२ अंकमा सिमित भएको थियो । 

     
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij