
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । १५३ सांसदको समर्थन रहेको दाबीसहितको हस्ताक्षर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष पेश गरिसकेका छन् ।
‘नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ’, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij