
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि दिइएको समयमा अन्य दलहरुले सरकार गठन गर्न नसकेपछि ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । बिहीवार राति ९ बजे बहुमतको सरकार गठन गर्ने समय सकिएपछि राष्ट्रपतिले ओलीलाई हिजो रातीनै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले पूरानै क्याबिनेटलाई निरन्तरता दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा उपप्रधानमन्त्री ईश्वरपोखरेलसहित सबै मन्त्रीहरुले पुनः पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij