Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

लामो समयसम्म 'मिति नसकिने' यी ५ खानेकुरा

लामो समयसम्म 'मिति नसकिने' यी ५ खानेकुरा

  • काठमाडौं । प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । तर, भान्सामा पाइने केही खानेकुरा जसको कहिल्यै मिति सकिदैन । त्यस्ता खानेकुरामा नुन, मह, चामल, चिनी आदि रहेका छन् । 

    images
    images
    images

    नुन
    दैनिक खानामा प्रयोग हुने नुन कहिल्यै बिग्रिदैन । तर, लामो समयसम्म राख्दा यसमा मिसाइएको आयोडिनको आयु भने निश्चित हुने गर्छ ।

    मह
    महलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसले ब्याक्टेरियालाई सुख्खा बनाउँछ । मह आफ्नो लागि आफै संरक्षक बन्छ । जसले गर्दा यो लामो समयसम्म बिग्रिदैन । 

    सेतो चामल
    सही तरिका, हावामा सही सन्तुलन र सही तापमा राखिएको चामल लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसमा तेलको मात्रा कम हुने भएकाले लामो समयसम्म राख्दा पनि बिग्रिदैन । 

    चिनी
    चिनी भान्सामा नभई नहुने खानेकुरामा पर्छ । चिसो र तातोबाट बचाउन सकियो भने चिनी लामो समयसम्म पनि बिग्रिदैन । 

    पास्ता 
    रिफाइन गरिएको आटा र मैदाबाट बनेका यस्ता खानेकुराहरु लामो समयसम्म पनि बिग्रिदैन । एजेन्सी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij