
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनका लागि छलफल गर्ने भएका छन् । सभापति देउवाले माओवादी केन्द्र जसपा लगायतका दलहरुसँग छलफल गर्न लागेका हुन् । आज दिउँसो २ बजे छलफलका लागि माओवादी केन्द्र लगायत जसपाका नेताहरुलाई बोलाएको स्रोतले जनाएको छ ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७२ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । त्यसै अनुसार छलफलका लागि सभापति देउवाले आफ्नो निवास बूढानिलकण्ठमा नेताहरुलाई बोलाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij