काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । अब ओली सरकार काम चलाउको हैसियतमा रहनेछ । तर, यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्न भने बाँकी रहेको छ ।