Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटमको समय सकियो, आउला त सामूहिक राजीनामा ?

नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटमको समय सकियो, आउला त सामूहिक राजीनामा ?

  • काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको चेतावनीसहितको अल्टिमेटम सकिएको छ । विभिन्न मागसहित नेपाल पक्षले आइतवार साँझ आज ९ बजेसम्मका लागि १३ घण्टे अल्टिमेटम दिएका थिए ।

    images
    images
    images

    सामूहिक राजीनामा दिन सिंहदरबार पुगेका नेता नेपाल पक्षलाई वार्ताका माध्ययमबाट समाधान खोज्ने भन्दै ओलीले आफ्ना विश्वासपात्र पठाएका थिए ।

    नेपाल पक्षले भने पार्टीलाई २०७५ जेठ २ को अवस्थाको विधि र विधानमा चल्नुपर्ने अडान राखेको थियो । त्यति नभए सामूहिक राजीनामा दिने समेत घोषणा गरेको थियो ।

    यसैबीच समयसीमा सकिएपछि नेपाल पक्षका सांसदहरु संसद सचिवालयमा भेला हुन थालेका छन् । नेता नेपालले प्रधानमन्त्री ओलीलाई आइतवार राती अवेर आफूहरुको माग सम्बोधन गर्ने आग्रहसहित पत्राचार गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij