Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

जसपाको दौडधुप : ठाकुर र महतो बूढानिलकण्ठबाट सिधै बालुवाटार

जसपाको दौडधुप : ठाकुर र महतो बूढानिलकण्ठबाट सिधै बालुवाटार

  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । आइतवार बिहान देउवा भेट्न बूढानिलकण्ठ पुगेका ठाकुर र महतो त्यहाँबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि नेताद्वय बालुवाटार पुगेका हुन् । सोमवार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदैछन् ।

    images
    images
    images

    केही समयदेखि प्रधानमन्त्री ओलीसँग सर्तसहित सहकार्यको पक्षमा ठाकुर रहेका छन् । यसैक्रममा आजको बैठकमा अहिलेको सन्दर्भमा वैकल्पिक सरकार गठन गर्न नसकिने बताउँदै निर्वाचनतर्फ जाने देउवालाई ठाकुरले आग्रह गरेको स्रोतले जनाएको छ । साथै देउवाले ओलीको भर नपर्न ठाकुरलाई आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij