
May 16 2025 | २०८२, जेठ २ गते
एमालेमा माधव नेपाल समूहका सांसदहरूले भाेलि नै राजीनामा दिने भएका छन् । एमाले केन्द्रीय सदस्य एवं सांसद विराेध खतिवडाका अनुसार केही सांसदले नेता नेपाललाई आजै राजीनामा पत्रमा हस्ताक्षर गरी बुझाएका छन् ।
'रातभर कुनै चमत्कार भएन भने भाेलिदेखि हामी पूर्वसांसद हुनेछाैँ', खतिवडाले भने । उनका अनुसार २० सांसदले राजीनामा दिएका छन् । याे राजीनामा संसद सचिवालयमा बुझाएपछि औपचारिक मानिने छ । २२ प्रत्यक्ष र १२ समानुपातिक गरी माधव समूहसँग ३४ सांसद छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij