
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।ओलीले बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय भएका थिए । स्थायी समिति बैठक र राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij