
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या दखिएपछि उनलाई मंगलबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको मात्रा कम भएको पाइएको र आज भने उनको स्वास्थ्यमा केही सुधार देखिएको परिवार स्रोतले बताएको छ । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन नभएको प्रचण्डको परिवार स्रोतले बताएको छ । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij