Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

चैत २३ गतेसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित

चैत २३ गतेसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित

  • काठमाडौं । आगामी चैत २३ गते बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । आजको पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद नविन्द्रराज जोशी र पूर्व संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो । बुधवार (आज) बसेको प्रतिनिधि सभामा विभिन्न आयोग तथा समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे विभिन्न दुई आयोगको प्रतिवेदन पेश गरेकी छिन् ।उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको २०७६र७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको २०७६र७७ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । त्यस्तै प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समिति सभापति कल्याणी कुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

    images
    images
    images

    चैत २३ गते सोमवार दिउँसो १ बजे बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij