Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन

महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन

  •  ललितपुर । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज  स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरेका छन् ।

    images
    images
    images

    सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए । केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राखे ।

    images

    उनले भने, “महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो । जस्मा मात्र बहुअपाङ्गता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ ।” महानगरपालिका कार्यालयमा एक बस्ने कक्ष, तलमाथि गर्न लिफ्ट, अपाङ्गतामैत्री शौचालय, बगैँचा, फुटपाथ र सवारीसाधनसमेत उपलब्ध रहेको उनले औँल्याए । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सो महानगरपालिकाले बहुअपाङ्गता भएका व्यक्तिका लागि सवारीसाधन उपलब्ध गराएर उदाहरणीय काम गरेको चर्चा गरे ।

    सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले २० लाख, केन्द्र ललितपुरले तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले१६ लाख ७५ हजार रकम खर्च गरेका कार्यक्रममा बताइयो । सो क्याबमा चार जना ह्वीलचेयरसहित पछाडि र अगाडि बस्न मिल्छ । बहुअपाङ्गता भएका व्यक्ति सविना डङ्गोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका पाङ्गणबाट केन्द्रको कार्यालयसम्म सवारीसाधन चढाएर सञ्चालनमा ल्याइएको छ ।

     

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij