
May 01 2025 | २०८२, वैशाख १८ गते
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका सुरेन्द्र भण्डारीले देशभरका करिब ३५ हजार सहकारीमध्ये लालीगुराँस उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको उल्लेख गर्दै सरकारले यो संस्थालाई नमुना सहकारी घोषणा गरिसकेको बताउनुभयो ।
संस्थाले छिट्टै काठमाडौको नयाँबजार, महाराजगन्ज, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij