
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई पत्नीशोक परेको छ । मेयर श्रेष्ठकी धर्मपत्नी अञ्जीका श्रेष्ठको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनलाई एक्कासी हृदयघात भएपछि अस्पतालमा लगिएको र उपचारका क्रममा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
आत्माको चिरशान्तिको कामना गर्दै मर्माहित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
सुविन श्रेष्ठ
अध्यक्ष/प्रधानसम्पादक
अनलाइन पत्रिका मिडिया हाउस परिवार
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij